नियम ९२
बेखूजु फस्यौंट समितिबाट बेरूजु फस्यौंट गर्ने कार्यविधि
(१) बेरूजु फस्यौटको लागि ऐनको दफा ४२ बमोजिमको बेरुजु फस्यौंट समितिमा सिफारिस भई आएको बेरुजुको सम्बन्धमा छलफल गर्न सो समितिले सम्बन्धित लेखा उत्तरदायी अधिकृत र अन्य जिम्मेवार व्यक्तिलाई सो समितिको बैठकमा बोलाउन सक्नेछ।
(२) उपनियम (१) बमोजिम छलफल भइसकेपछि बेरुजु फस्यौंट समितिले उचित ठानेमा त्यस्तो बेरुजु नियमित गरिदिन सक्नेछ। त्यसरी बेरूजु नियमित गरेको जानकारी सो समितिले सम्बन्धित मन्त्रालय र महालेखा परीक्षकको कार्यालयलाई दिनु पर्नेछ।
(३) उपनियम (२) बमोजिम बेरुजु नियमित भएको जानकारी प्राप्त भएपछि महालेखा परीक्षकले त्यस्तो बेरूजुको लगत कट्टा गरी त्यसको जानकारी बेरुजु फर्स्यौट समिति र सम्बन्धित लेखा उत्तरदायी अधिकृतलाई दिनु पर्नेछ।
(४) बेरूजु फस्यौंट समितिले आफ्नो बैठक सम्बन्धी कार्यविधि आफैँ निर्धारण गर्नेछ।